कोरोना भाइरस ग्रसित व्यक्तिलाई उत्तर कोरियाले दियाे मृत्युदण्ड

एजेन्सी– उत्तर कोरियाले कोरोना भाइरसबाट ग्रसित एक व्यक्तिलाई मृत्युदण्ड दिइएको बताएको छ । क्वारेन्टाइनमा बस्न छाडेर सार्वजनिक स्थानमा नुहाउन गएको आरोपमा उनलाई मृत्युदण्ड दिइएको हो । 

क्वारेन्टाइनमा रहेका वेला ती व्यक्ति नुहाउन गएका थिए । दक्षिण कोरियाली समाचार एजेन्सीका अनुसार उनलाई उक्त घातक रोग सर्नमा सहयोग गरेर धेरैको ज्यान खतरामा पारेको आरोपमा तत्काल पक्राउ गरेर मृत्युदण्ड दिइएको हो । 

चीनबाट फिर्ता आएपछि एकान्तमा राखिएका ती व्यक्तिले उत्तर कोरियाली नेता किम जोङ ऊनको आदेशविपरीत बाहिर निस्किएको बताइन्छ । यद्यपि, उत्तर कोरियाले अहिलेसम्म कुनै पनि संक्रमितको पुष्टि गरेको छैन ।





  • प्रकाशित मिति : फागुन ५, २०७६ साेमबार १६:२८:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया