मंगलबारबाट इन्धनको मूल्य घट्ने

काठमाडौं– नेपाल आयल निगमले मंगलबारबाट इन्धनको मूल्य घटाउने भएको छ । भारतीय बजारमा स्वचालित मूल्य प्रणालीका आधारमा इनधनको मूल्य घटेसँगै नेपालमा पनि घट्ने भएको हो । 

नेपाल आयल निगमल भारतको सबैभन्दा ठूलो सरकारी तेल कम्पनी इण्डियन आयल कर्पोरेसन (आइओसी)बाट इन्धन आयात गर्दै आएकोे छ । 

आइओसीले आइतबार नेपाललाई नयाँ मूल्य सूची पठाएको छ । जसअनुसार पेट्रोलमा ३.३४ रुपैयाँ र डिजेलमा ३.८९ रुपैयाँ प्रतिलिटर घटेर आएको छ ।

निगमले नेपाली पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर २–२ रुपैयाँसम्म घटाउन सक्ने बुझिएको छ । 

यसअघि निगमले २० माघमा पनि पेट्रोल र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर १–१ रुपैयाँ घटाएको थियो । जसअनुसार अहिले पेट्रोल ११० र डिजेल तथा मट्टीतेल ९९ रुपैयाँमा कारोबार भइरहेको छ । 





  • प्रकाशित मिति : फागुन ५, २०७६ साेमबार १७:३२:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया