एजेन्सी– पाकिस्तानको दक्षिणपश्चिम सहर क्वेटाको राजधानीमा सडकमा विस्फोट हुँदा कम्तिमा पनि ३ जनाको मृत्यु भएको छ । घटनामा कम्तिमा पनि १५ जना घाइते भएको स्थानीय मिडियाले उल्लेख गरेका छन् ।
त्यहाँ उद्धारको कार्य सुरु भएको र १५ जनालाई अस्पतालमा भर्ना गरिएको जनाइएको छ । यीमध्ये कम्तिमा पनि चार जनाको अवस्था गम्भीर छ । विस्फोटमा दर्जनौँ गाडीहरु पनि ध्वस्त भएका छन् ।
प्रहरी र सुरक्षा बलले जनाएअनुसार यो विस्फोटको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।