कश्मिरमाथि भारतको आलोचना गरेकी बेलायती सांसदलाई विमानस्थलमै रोक्यो भारतले

एजेन्सी– भारतले बेलायतको लेबर पार्टीकी एक महिला सांसदलाई दिल्ली विमानस्थलमा नै रोकेको छ । उनको भिसा विमानस्थलमा नै रद्द गरिएपछि उनी बेलायत फर्किएकी छिन् । 

सांसद डेबी अब्राहम्स कश्मिरले पाएको विशेष राज्यको दर्जा हटाइएको विषयको विरोधमा थिइन् । भारतले अनुच्छेद ३७० हटाएपछि उनले भारत सरकारको आलोचना गर्दै आएकी थिइन् ।

डेबी अब्राहम्स कश्मिरमाथि छानबिन गर्न बनेको बेलायती संसदीय समितिकी अध्यक्ष पनि हुन् । उनले विमानस्थलमा अधिकारीहरुले आफ्नो भिसा किन रद्द गरियो भन्नेबारे नबताएको गुनासो पनि गरेकी छिन् ।

केहीअघि कश्मिरले विशेष राज्यको दर्जा पाउने भारतीय संविधानको अनुच्छेद ३७० हटाएपछि मोदी सरकारको विरोधमा बेलायती लिबरल पार्टीका सांसदले विरोध गरेका थिए ।

यहीबीच डेबी व्यक्तिगत रुपमा भारत घुम्न इमिरेट्स एयरलाइन्सबाट भारत आएकी थिइन् । तर, विमानस्थलमा इमिग्रेसन अधिकारीहरुले उनको भिजा खारेज गरिदिएका थिए ।

यसबारे प्रतिक्रिया दिँदै उनले भनेकी छिन्, ‘मसँग एउटा अपराधीमाथि गरिने व्यवहार जस्तै गरियो । मलाई विश्वास छ कि भारतले मलाई आफ्नो परिवार तथा साथीहरुलाई भेट्न दिनेछ ।’



गत वर्ष डेबीले भारतले कश्मिरका जनतासँग अभद्र व्यवहार गरेको संज्ञा दिँदै बेलायती विदेशमन्त्रीलाई चिठी लेखेकी थिइन् । 



  • प्रकाशित मिति : फागुन ६, २०७६ मंगलबार ५:४९:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया