सिद्धार्थले बिग बोस जित्ने पहिले नै निश्चित थियो ?

एजेन्सी– भारतीय चर्चित रियालिटी सो बिग बोस सकिएको छ । तर, यसले निम्त्याएको चर्चा अझै चलिरहेको छ । किनकि बिग बोसको १३ औं सिजनका विजेता सिद्धार्थ बिग बोस जित्ने पहिले नै तय भएको चर्चा चलिरहेको छ । 

फाइनलपछि फरिहा नामकी एक युवतीले ट्विट गरेकी थिइन् । यसलाई ट्विटरमा धेरैले नोटिस गरेका थिए । उनले सिद्धार्थलाई बिग बोस विजेता बनाउने पहिले नै तय भएको र आफूले यही कारणले कलर्स टिभी छोडेको समेत बताइन् । उनले आफू कलर्स टिभीमा प्रोड्युसरका रुपमा रहेको पनि बताएकी छिन् ।

यो विषयले धेरै चर्चा पाएपछि कलर्स टिभीले यी युवती आफूहरुसँग कुनै संलग्नता नरहेको र बिग बोसको विजेता पहिले तय नभएको जानकारी दिएको छ ।





  • प्रकाशित मिति : फागुन ६, २०७६ मंगलबार ६:५६:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया