भाेजपुरवासीले अवराेध गरे पानीजहाज

भाेजपुर— दुई वर्षदेखि निरन्तर सप्तकोसी नदीमा सञ्चालनमा आएको जेटबोट (पानी जहाज) स्थानीयको अवरोधका कारण भोजपुर जान छाडेको छ । 

भोजपुरको सिमपानेका स्थानीयले भाडाबापत संकलित रकमको २० प्रतिशत नदिएको भन्दै जहाजलाई बन्धक बनाउने र यात्रीमाथि ढुंगा हान्नेलगायत आरोप जेटबोट सञ्चालन गर्दै आएका कम्पनीले लगाएका थिए । उनीहरुले संयुक्त रूपमा विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी जेटबोट बन्द गराएको जनाएका थिए । 

जेटबोट चढ्न आउने पर्यटक बढ्न थालेपछि भोजपुर नजानेगरी सञ्चालनमा ल्याएको बराहक्षेत्र मरिन एन्ड रिसोर्ट प्रालिका सञ्चालक खगेन्द्रप्रसाद घिमिरेले बताए ।सप्तकोसीमा दुई वर्षअघि ‘पानीजहाज’ परीक्षण गरेर सञ्चालनमा आएको थियो । एक वर्षदेखि भने नियमित सञ्चालन हुँदै आए पनि स्थानीय केही समूहले रकम माग्ने, निःशुल्क चढ्न पाउनुपर्ने, टिकटमा कमिसन दिनुपर्नेलगायत माग राख्न थालेपछि पानीजहाज आफूहरुले जेट बन्द गर्नुपरेको सञ्चालकहरुले बताएका छन् ।

सरकारले शान्ति सुरक्षाको ग्यारेन्टी नगरेसम्म भोजपुर नजाने गरी सञ्चालनमा ल्याइएका घिमिरेले जनाए । अहिले चतराघाटदेखि बराह क्षेत्र हुँदै उदपयुर र धनकुटाको सीमा पर्ने त्रिवेणीसम्म मात्रै जेट सञ्चलन भइरहेको छ । 

बराहक्षेत्र जल यातायात तथा पर्यटन सेवा प्रालि नेपाल रिभर ट्रान्सपोर्ट प्रालि, बराहक्षेत्र मरिन एन्ड रिर्साेट प्रालि र सप्तकोसी टुरिजम एन्ड वाटर ट्रान्सपोर्टेसन प्रालिले सातवटा जेटबोट सञ्चालन गर्दै आएका छन् । चतरादेखि भोजपुरसम्म पुगेर आएको भाडा एक हजार लिने गरेकोमा हाल २ सय रुपैयाँ घटाइएको छ । 





  • प्रकाशित मिति : फागुन ६, २०७६ मंगलबार ७:५०:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया