राैतहटमा प्रेमिकाकाे संलग्नतामा ह त्या बढ्दाे

राैतहट– जिल्लाको पूर्वीभेग दुर्गा भगवती गाउँपालिका–३ मत्सरी पर्सा टोलका ६५ वर्षीय फेकन पण्डितको हत्या भएको छ । सोमबार राति अज्ञात समूहले पण्डितलाई उनकै गोठमा हतौडा प्रहार गरी हत्या गरेको पीडित परिवारले दाबी गरेको छ । 

घरमा खाना खाएर झण्डै १ किलोमिटर टाढा गोठमा सुत्न गएका उनी मंगलबार बिहान अबेरसम्म घरमा नफर्केपछि परिवारका सदस्य खोज्न जाँदा पण्डितको शव फेला पारेका थिए । 

टाउकोमा हतौडा प्रहार गरी हत्या गरेको अवस्थामा गोठमै उनको शव फेला परेपछि परिवारले प्रहरीलाई खबर गरेको थियो । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक नवीनकुमार सिंहले घटनाको पुष्टि गरेका छन् । रौतहट प्रहरी प्रमुख एसपी रविराज खड्काले घटनाको सूक्ष्म अनुसन्धान भइरहेको बताए । 

यता आइतबार राति भारतीय सीमासँग जोडिएको ईशनाथ नगरपालिका–८ मन्सरीमा २० बर्से युवक महमद एहतेसामुल हकको हत्या भएको छ । हत्यमा महमदका प्रेमिका र उनका तीन जना दाजुको संलग्नता रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले बताएको छ । 

हत्यामा राजपुर नगरपालिका–६ कुडियाका ३१ वर्षीय असरफ अली, २६ वर्षीय असगर अली र २३ वर्षीय हैदर अली संलग्न रहेको प्रहरीले बताएको छ । 





  • प्रकाशित मिति : फागुन ६, २०७६ मंगलबार ८:२१:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया