Tue, 14 Jul, 2020


न्यायाधीश चढेकाे गाडीमा अचानक आगाे लागेपछि...
फरकधार / फागुन ६, २०७६
साङ्केतिक तस्वीर

महेन्द्रनगर– उच्च आदालत दिपायल महेन्द्रनगर इजलासका न्यायाधीश शारङ्गा सुवेदी चढेको गाडीमा आगलागी भएको छ । 



सोमबार कार्यालय विदा भएपछि महेन्द्रराजमार्गस्थित विपिन इन्टरपाईजेज पेट्रोल पम्पमा तेल हाल्न गएको उक्त जीपमा एक्कासी आगो लागेको हो । 

उच्च आदालत दिपायल महेन्द्रनगर इजलासका रजिष्ट्रार तीर्थराज भट्टले न्यायाधीश सुवेदी चढेको बा १ झ ८८६३ नम्बरको गाडीमा तेल हालेपछि फर्किने क्रममा साँझ सवा ५ बजेतिर एक्कासी आगो लागेको बताए । ‘खै किन के कारणबाट आगो लाग्यो,’ ‘रजिष्ट्रार भट्टले भने, ‘मानवीय क्षति भएन, गाडी जलेर नष्ट भएको छ ।’ 

आगो लागेपछि न्यायाधीशसहित चालक निर्मला अधिकारी, सुरक्षाकर्मी कविता चौधरी उत्रिएका थिए । वडा प्रहरी कार्यालय महेन्द्रनगरका इन्चार्ज मोहनजंग बुढथापाले अगाडिको वाइरिङ्ग तार सर्ट हुँदा आगो लागेको बताए । भीमदत्त नगरपालिकाको दमकल, प्रहरी र स्थानीयले आगो निभाएका थिए । 


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्