अब निता एक्सनमा !

बाल्यकालदेखि नै नेपाली सिनेमामा अभिनय थालेकी अभिनेत्री नीता ढुंगाना एक्सन भूमिकामा आउँदै छिन् । फिल्म ‘दी कर्मा’मा उनको एक्सन रूप देख्न पाइने भएको छ । यस वर्ष उनी अभिनीत केही फिल्म निरन्तर असफल रहे । १७ माघमा प्रदर्शनमा आउन लागेको ‘दी कर्मा’बाट फरक भूमिकाका साथ दर्शकमाझ राम्रो छाप छाड्ने उनको भनाइ छ ।

‘दी कर्मा’मा कलाकारहरू करण बर्मा र परमिता आरएल राणाको पनि अभिनय देख्न पाइनेछ । नीताको अपोजिट भूमिकामा करण बर्मा छन् । देवकुमार श्रेष्ठ निर्देशक रहेको चलचित्र जय मिडिया म्यानेजमेन्ट र श्रीत फिल्मस् एन्ड इन्टरटेनमेन्टको ब्यानरमा बनेको हो । फिल्मको कथा निर्माता जयराज रायले लेखेका हुन् । यस फिल्ममा नयाँ काम गर्न पाएको नीता बताउँछिन् । आफ्नो भूमिका दर्शकले मन पराइदिनेमा उनी ढुक्क देखिन्छिन् । 

हालसम्म प्रेमकथाका फिल्ममा देखिँदै आएकी उनी यसबीचका केही असफल चलचित्रबाट खस्केको साख ‘दी कर्मा’ले उठाउने आशामा छिन् ।





  • प्रकाशित मिति : फागुन ६, २०७६ मंगलबार ९:२१:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया