काठमाडौं– नेपाली फिल्ममा कुनै समय बकबस्टर अभिनय गरेका थिए, निखिल उप्रेतीले । अहिले पनि अलिक ओझेलमा परेका छन् । तर, पनि उनको चर्चा कम भएको चाहिँ छैन ।
काठमाडौंबाट प्रकाशित हुने एक पत्रिकासँग कुराकानी गर्दै उनले आफ्नो फिटनेसको राज बताएका छन् । उनले आफू शाकाहारी भएको र खानपिनमा चिल्लो, पिरो नखाने भएकाले फिट हुने गरेको बताएका छन् ।
‘खाना खानु पनि एउटा काम हो,’ उनले भनेका छन्, ‘बिहान चाँडै उठ्छु, राति १० बजेसम्ममा सुतिसक्छु ।’
यतिमात्र होइन, निखिलले आफूले फलफूल अत्यधिक खाने गरेको गाडीमा सधैं फलफूल राख्ने पनि बताएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।