आजकाे प्रतिनिधिसभामा मन्त्रीहरुलाई सांसदले प्रश्न साेध्ने
फाइल तस्वीर ।

काठमाडाैं— प्रतिनिधि सभाको आज (म‌ंगलबार) बस्ने बैठकमा सांसदहरुले मन्त्रीलाई प्रश्न गर्ने कार्यक्रम रहेको छ । दिउँसो १ बजेबाट बस्ने बैठकको सम्भावित कार्ययोजना अनुसार सांसदहरुले सम्बन्धित मन्त्रालयका प्रगति र योजना कार्यान्वयनका बारेमा मन्त्रीहरुलाई प्रश्न गर्ने छन् । 

विकास खर्च उल्लेख्य मात्रामा हुन नसकेको, जनताको अपेक्षाअनुसार मन्त्रालयहरुले काम गर्न नसकेको भन्दै जनगुनासो बढेकाेले यसबारे सांसदहरुले मन्त्रीलाई प्रश्न गर्दैछन् । संसदमा सबै मन्त्री उपस्थित हुन नसक्ने देखिएकाले सम्भावित कार्यसूची हट्नसक्ने सम्भावना पनि रहेकाे छ । 





  • प्रकाशित मिति : फागुन ६, २०७६ मंगलबार १०:४०:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया