काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद भागवत ज्ञवालीको निधन भएको छ ।
अल्सर रोगबाट पीडित पूर्वसांसद ज्ञवालीको उपचारको क्रममा ललितपुरमा रहेको अल्का अस्पतालमा निधन भएको हो । उनी ७६ वर्षका थिए ।
कांग्रेसको गुल्मी जिल्ला कार्यसमितिका प्रथम सभापतिसमेत रहेका ज्ञवाली २०४८ सालको निर्वाचनमा गुल्मीबाट निर्वाचित भएका थिए ।
ज्ञवालीको निधन प्रति कांग्रेस सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।