अब राप्रपा तेस्राे शक्ति: कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आउदो निर्वाचन सम्ममा राप्रपालाई नेकपा र काङ्ग्रेस पछिको तेस्रो शक्ति बनाएर छाड्ने दृढता ब्यक्त गरेका छन् ।

स्याङ्जाको प्रगतिनगरमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले राप्रपा लामो र कठिन यात्रामा हिडेको स्पष्ट पारे । राजसंस्थालाई बिकास र प्रगतिको बाधक भन्नेहरुलाई बेलायत र जापानलाई हेर्नोस भनेर सम्झाउन पनि कार्यकर्तालाई थापाले आग्रह गरे ।

राजा सहितको प्रजातन्त्रमा सबै अट्न सक्ने र कसैलाई निषेध नहुने भन्दै थापाले पार्टीले अबलम्बन गरेको मार्गचित्र बिकास, समृद्धि , प्रजातन्त्र र राष्ट्रियताको निमित्त अनुकुल भएको थापाको दाबी थियो ।

युबा अबस्थामा स्नातकोत्तर पढ्दा स्याङ्जाको गाउँमा आयर एक बर्ष पढाएको स्मरण गर्दै थापाले स्याङ्जा सङ्ग आफ्नो भावनात्मक सम्बन्ध रहेको बताए । कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ , तोरण बहादुर गुरुङ , मदन कार्की, भुमिजङ्ग केसि लगायतले बोलेका थिए ।





  • प्रकाशित मिति : फागुन ६, २०७६ मंगलबार ११:४४:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया