महरा थुनामुक्त भएकोबारे सदनलाई जानकारी

काठमाडौं– प्रतिनिधिसभाको बैठकमा सांसद कृष्णबहादुर महरा काठमाडौं जिल्ला अदालतको फैसलाबाट थुनामुक्त भएको जानकारी गराइएको छ ।

आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सो अदालतको यही फागुन ५ गतेको फैसलाबारे उक्त जानकारी गराएका हुन् । बैठकलाई जानकारी दिइएपछि सांसद महराको निलम्बन फुकुवा भएको छ । 

तत्कालीन सभामुख महराले सो प्रकरणपछि सभामुख पदबाट महरलाई पक्राउ पुर्जी जारी भएका बारे महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरको गत असोज १९ गते संसद्लाई पत्राचार गरेपछि उनी निलम्बित भएका थिए ।





  • प्रकाशित मिति : फागुन ६, २०७६ मंगलबार १६:०:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया