प्रदेश ५को स्थायी राजधानी र नाम छिटो टुंगो लगाउन कांग्रेसकाे दबाब, संसद अवरुद्ध गर्ने चेतावनी

बुटवल– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेश ५को स्थायी राजधानी र नाम छिटो टुंगो लगाउन दबाब दिएको छ । कांग्रेसले समयमै स्थायी राजधानी र नाम
टुंगो नलगाए संसद अवरुद्ध गर्ने चेतावनी पनि दिएको छ ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद अष्टभुजा पाठकले प्रदेशको स्थायी राजधानी र नामाकरणको प्रस्ताव तत्काल प्रदेशसभा बैठकमा ल्याउन माग गरे । मंगलबार बसेको प्रदेशसभाको बैठकमा बोल्दै उनले समयमै प्रस्ताव नल्याए संसद अवरुद्ध गर्ने चेतावनी दिएका हुन् ।

सांसद पाठकले प्रदेशसभाको पाँचौँ अधिवेशनसम्म आइपुग्दासमेत यो विषयलाई संसदमा प्रवेश नगराएको भन्दै आक्रोश पोखे । अब पनि ढिलासुस्ती गरिए कांग्रेसलाई स्वीकार्य नहुने उनको चेतावनी थियो । 

यसअघि प्रदेश सभाले स्थायी राजधानी र नामाकरणबारे सिफारिस पेस गर्न १५ सदस्यीय विशेष समिति बनाएको थियो । समितिले करिब दुई वर्ष समय लगाएर प्रतिवेदन प्रदेशसभा सचिवालयमा बुझाइसकेको छ । 

समितिले तीन महिनाअघि सो प्रतिवेदन बुझाएको हो । ५० लाख रुपैयाँभन्दा बढी बजेट सकेर बनाइएको प्रतिवेदन पेस भएको तीन महिना बितिसक्दासमेत उक्त विषय संसदमा प्रवेश नभएको धनदै कांग्रेसले विरोध जनाएको हो । 





  • प्रकाशित मिति : फागुन ६, २०७६ मंगलबार १६:५७:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया