एजेन्सी– अमेजनका सिइओ जेफ बेजोसले सोमबार आफूले बेजोस अर्थ फन्ड सुरुवात गर्न लागेको जानकारी दिएका छन् । उनले यो कोषमा आफूले सुरुमा नै १० बिलियन डलर खर्च गर्ने पनि बताएका छन् । विश्वका सबैभन्दा धनी व्यक्ति बेजोसले इन्स्टाग्राममा यो कुरा लेखेका हुन् ।
‘म अहिले नै १० बिलियन डलर राख्दैछु र यो कोषलाई अगाडि बढाउन खोजिरहेको छु,’ बेजोसले भनेका छन्, ‘पृथ्वी एउटा कुरा मात्र हो जो हामी सबैका लागि छ । यसलाई सँगै मिलेर बचाऔँ ।’
बेजोसले जलवायु परिवर्तनको विषयमा आफू गम्भीर भएको पनि बताएका छन् । पछिल्ला वर्षहरुमा पृथ्वीको बढ्दो तापक्रमविरुद्ध काम गर्न आफू तयार भएको उनले लेखेका छन् ।
केही दिनअघिमात्र अमेजनका कर्मचारीहरुले आफूहरु असुरक्षित महसुस गरेको भन्दै आन्दोलन गरेका थिए । उनीहरुले विश्वमा देखिएका परिवर्तनका लागि अमेजन पनि जिम्मेवार हुनु पर्ने भन्दै आन्दोलन गरेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।