Sat, 04 Apr, 2020


टिकटक बनाउँदा जब युवा खसे चलिरहेको रेलबाट
फरकधार / फागुन ६, २०७६

एजेन्सी— पछिल्लो समय सामाजिक सन्जाल टिकटकले निकै ठूलो चर्चा कमाउँदै गइरहेको छ । साना बच्चाहरुदेखि लिएर ठूला मानिसहरुसम्म पनि सबैले टिकटक बनाइरहेका हुन्छन् । आजभोलि टिकटकमा रमाइला भिडियो हाल्ने वा च्यालेन्ज देखाउने पनि प्रतिस्पर्धा बढ्दै गएको छ । 



अहिले त टिकटकमा एक अर्बभन्दा बढी प्रयोगकर्ता भइसकेका छन् ।

तर, यसका कारण दुर्घटना पनि बढिरहेका छन् । एउटा मानिसले चलिरहेको रेलमा बनाएको एउटा टिकटक भिडियोले अहिले निकै चर्चा पाएको छ । भारतका रेलमन्त्री पियुस गोयलले यो भिडियो सेयर गरेका छन् र यस्तो नगर्न अनुरोध गरेका छन् । 

 


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्