निर्वाचनको पाँच महिनापछि अफगानिस्तानमा नतिजाः असरफ घानी निर्वाचित

एजेन्सी– अफगानिस्तानको निर्वाचन आयोगले पाँच महिनाअघि लिएको निर्वाचनको परिणाम घोषणा गरेको छ । परिणामअनुसार वर्तमान राष्ट्रपति असरफ घानीले नै यो निर्वाचनमा जित हासिल गरेका छन् । 

मंगलबार नेपाली समयअनुसार अबेर साँझ आएको निर्वाचन आयोगको घोषणाअनुसार असरफ घानीले निर्वाचनमा ५०.६४ प्रतिशत मत ल्याएका छन् । यो निर्वाचन २८ सेप्टेम्बर २०१९ मा भएको थियो । उनका प्रतिस्पर्धी अब्दुल्ला अब्दुल्लाहले ३९.५२ प्रतिशत मत प्राप्त गरेका छन् । 

अब्दुल्लाहले त्यति बेला यो निर्वाचनको परिणाममा धाँधली भएको भन्दै मतगणना रोक्न अनुरोध गरेका थिए । त्यसैले यो निर्वाचनको परिणाम ढिला आएको हो ।
त्यसो त यी दुईले पाँच वर्षयता सत्ता साझेदारीमा चलाइरहेका छन् ।

 





  • प्रकाशित मिति : फागुन ६, २०७६ मंगलबार २०:२:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया