टिपरले ठक्कर दिँदा दुई भारतीयकाे मृत्यु

सप्तरीको बोदे बसाइन नगरपालिका–४ गौरास्थित सडक खण्डमा सवारी दुर्घटना हुँदा दुई भारतीय नागरिकको मृत्यु भएको छ । बोदे बसाइनबाट विष्णुपुरतर्फ जाँदै गरेको ना १ क ५५२७ नम्बरको टिपरको ठक्करले विपरीत दिशाबाट आउँदै गरेको स १ ह ३७९५ नम्बरको अटोमा सवार दुई भारतीयको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा भारत जिल्ला अररिया मोतिहारी ग्राम पञ्चायत-७ का २६ वर्षीय मोहम्मद सदाम हुसेन र ४५ वर्षीया कुनकुनिया खातुन रहेका छन् । हुसेनको घटनास्थलमै र खातुनको न्युरो अस्पताल विराटनगरमा उपचार गर्न लैजाने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए । रासस





  • प्रकाशित मिति : फागुन ६, २०७६ मंगलबार २०:२१:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया