औंला चुस्ने बानीले दाँतको बीचमा खाली ठाउँ हुन सक्छ

दुई दाँतको बीचमा भएको खाली भागले मानिसको अनुहारको सौन्दर्य घटाउँछ । यो समस्यालाई मेडिकल साइन्समा डाइस्टेमा भनिन्छ । विशेषगरी बाल्यावस्थामा यो धेरै देखिन्छ । तर पनि सानो उमेरमा यो समस्याको खासै वास्ता गरिँदैन ।

जब मानिस हुर्कंदै जान्छ, त्यसपछि दाँतको बीचमा भएको खाली भागलाई समस्याको रूपमा लिन सुरु गर्छ । प्रायः यसलाई बालबालिकाका अभिभावकले समयमा त्यति ध्यान दिँदैनन् । 

बाल्यावस्थामा औंला चुस्ने बानीका कारण डाइस्टेमा हुने चिकित्सक बताउँछन् । दन्त विशेषज्ञहरू दाँतको सन्तुलन नहुँदा यस्तो ग्याप देखिने बताउँछन् । 

कतिपय अवस्थामा बालबालिका गलत बानी व्यवहारका कारण दाँतको बीचमा खाली ठाउँ बन्छ । जुन बाल्यावस्थामा औंला चुस्छन् तिनीहरुको दाँतको बीचमा खाली ठाउँ देखिन्छ । 

बालबालिकाको औंला चुस्ने बानीका कारण दाँत निस्कने समयमा गिजामा दबाब पर्छ, जसका कारण दाँतले स्वतन्त्र रूपले विकास हुन पाउँदैन । गिजामा इन्फेक्सन हुँदा पनि दाँतको बीचमा ग्याप रहन सक्छ । 

कतिपय बालबालिकामा बाल्यकालदेखि नै डाइस्टेमा नहुन सक्छ, तर खानाको गलत बानीका कारण पनि यो समस्या देखिन सक्छ । केही बच्चा जब गलत तरिकाबाट खाना खाने गर्छन्, उनीहरूको जिब्रो नजिक रहेका दाँतमा लगातार ठोक्न्छि र बिस्तार दाँतको बीचमा ग्याप हुन सुरु गर्छ । डेन्टिस्टहरू यसलाई टङ थ्रस्ट भन्छन् । 



औंला चुस्ने बानी छुटाउन बालबालिकालाई केही गाह्रो हुन्छ । यसका लागि बालबालिका जेको स्वाद मन पराउँदैन त्यही कुरा उनीहरूको औंलामा लगाइदिनुपर्छ । 

यसबाहेक बालबालिकालाई मायालु पारामा सम्झाउन पनि सकिन्छ । उसले औंला नचुसेको दिनमा उत्साहित गर्न सकिन्छ । औंलामा पट्टी बाँधेर वा औंला चुस्न रोक्ने चीज प्रयोग गरेर पनि बालबालिकालाई नियन्त्रण गर्न सकिन्छ । 
 
कागती र नुनको स्वाद भएको चीज बालबालिकाले त्यति मन पराउँदैनन्, त्यसलाई पनि औंलामा लगाएर उनीहरूको औंला चुस्ने बानी छुटाउन सकिन्छ ।
 



  • प्रकाशित मिति : फागुन ६, २०७६ मंगलबार २१:२९:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया