निमा गुरुङ र बिमल अधिकारी सर्वोत्कृष्ट खेलाडी

काठमाडाैं— नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले प्याराग्लाइडिङका बिमल अधिकारी र तेक्वान्दोकी निमा गुरुङलाई सर्वोत्कृष्ट खेलाडीको अवार्ड दिएको छ ।

इन्डोनेसियाको जार्कातामा भएको एसियाडमा नेपाललाई ऐतिहासिक रजत पदक दिलाएका बिमललाई पुरुषतर्फको सर्वोत्कृष्ट अवार्ड दिइएको छ भने एसियाडमै राम्रो प्रदर्शन गरेकी निमालाई महिला तर्फको सर्वोत्कृष्ट अवार्ड दिइएको हो ।

२०७५ को उदयमान खेलाडीको अवार्ड भने एथ्लेटिक्सका अजितकुमार यादव र महिलातर्फ भलिबलकी सरस्वति चौधरीले पाएकी छन् । कार्यक्रममा विभिन्न २० विधामा उत्कृष्ट खेलाडीलाई समेत पुरस्कृत गरिएको थियो ।





  • प्रकाशित मिति : फागुन ७, २०७६ बुधबार ७:४८:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया