गुजरातमा ट्रम्पका तीन घन्टा, खर्चः एक अर्बभन्दा बढी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो पहिलो दक्षिण एशियाली भ्रमणका लागि २४ फ्रेबुअरीमा भारत आउँदै छन् । त्यति बेला उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहजिल्ला गुजरात पनि पुग्नेछन् । त्यहाँ अहमदाबादमा उनले विश्वको सबैभन्दा ठूलो क्रिकेट स्टेडियमको उद्घाटन गर्नेछन् । 

मोदी प्रधानमन्त्री बनेपछि भारतमा चीन, जापान, इजरायललगायतका देशका राष्ट्राध्यक्षले भ्रमण गरिसकेका छन् । उनीहरु सबै अहमदाबाद पुगेका छन् ।

समाचार एजेन्सी रोयटर्सका अनुसार गुजरातमा ट्रम्पले तीन घन्टामात्र बिताउँदा करिब ८५ करोड भारतीय रुपैयाँ खर्च हुने छ । यो गुजरातको गृह विभागको वाषिर्क बजेटको झन्डै दुई प्रतिशत रकम हो ।

ट्रम्पको सुरक्षाका लागि त्यहाँ १२ हजार प्रहरी तैनाथ गर्ने तयारी रहेको छ ।

ट्रम्प र मोदीले उद्घाटन गर्ने क्रिकेट स्टेडियमको क्षमता चाहिँ एक लाख १० हजार दर्शक हो । 





  • प्रकाशित मिति : फागुन ७, २०७६ बुधबार ८:६:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया