मस्तिष्क तिक्ष्ण बनाउन

ओखर
ओखर मुटु र दिमाग दुवैका लागि राम्रो मानिन्छ । यसका साथै सबै ओखरजन्य वस्तु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । ओखरमा विशेषगरी अल्फा लिनोलेनिक एसिड, जुन ओमेगा फ्याटी एसिडको प्रकार हो, ले दिमागको संज्ञानात्मक ज्ञान बढाउन महत्वपूर्ण भूमिका खेल्दछ ।
साल्मोन माछा
साल्मोन माछा अर्को मानसकि पावर बढाउने वस्तु हो । साल्मोनमा ओमेगा फ्याटी प्रचुर मात्रामा पाइन्छ । जसले दिमागका नसानसामा छिटो रगत सर्कुलेसन गर्न सहयोग गर्दछ । यस्तै यसमा पाइने एक प्रकारको बिटा एमिलाइड नामक प्रोटिनले अल्जाइमर हुनबाट बचाउँछ ।
बेसार
हाम्रो शरीरमा रहेका न्युरोनहरू वयस्क अवस्थामा नष्ट हुँदै जान्छन् र पुनः उत्पादन हुन्छन् । यस्तो प्रकियालाई न्युरोट्रोफिक कारक अथवा बिडिएनएफ भनिन्छ । बेसार यस्तो वस्तु हो, जसले बिडिएनएफको दरलाई बढाउनुका साथै मस्तिष्कमा आउने जोखिमबाट समेत जोगाउँछ ।
जामुन
जामुनमा शरीरलाई आवश्यक एन्टिअक्सिडेन्टको मात्रा अत्यधिक हुन्छ । जामुन सेवन गर्दा दिमागमा आउने खराबीका साथै बिर्सने रोगबाट बचाउँछ ।
गोलभेँडा
गोलभेँडा दिमागमा रहेका तन्तुहरूमा आउने समस्याको अचुक औषधि हो । मस्तिष्कले सही रूपमा काम गरिराख्नका लागि तन्तुहरू सक्रिय हुनु आवश्यक हुन्छ । गोलभेँडामा पाइने विशेष प्रकारको एन्टिअक्सिडेन्टले मस्तिष्कका लागि बडिगार्डको काम गर्दछ ।
ब्रोकाउली
अध्ययनका अनुसार हरियो पात भएका सागसब्जीले मानसिक सन्तुलन बनाइराख्न सहयोग गर्दछ । ब्रोकाउलीमा पाइने भिटामिन ए, के, फुलिट, लुटिन र फाइबरले मस्तिष्कलाई सक्रिय राख्दछन् ।
स्याउ
स्याउ सेवन गर्दा दिमागमा रहेका न्युरोन्सलाई एक प्रकारको अक्सिडेसनबाट बचाउँछ । दिमागमा हुने क्रिकुन तन्तुहरूको मृत्यु न्युरोन्स र अक्सिडाइनको सुजनबाट हुने गर्दछ । जसबाट अल्जाइमरजस्ता भयानक रोग लाग्ने गर्दछ । स्याउको नियमित सेवनले अल्जाइमर हुनबाट जोगाउन सक्छ ।
प्याज
प्याज फोलिक एसिड र भिटामिन बीको राम्रो स्रोत मानिन्छ । यसले ब्रेनमा हुने रगतको प्रवाहलाई सक्रिय बनाइराख्न मद्दत गर्दछ । जुन डिप्रेसनसँग जुधिरहेका मानिसका लागि पनि लाभदायी हुन्छ ।





  • प्रकाशित मिति : फागुन ७, २०७६ बुधबार ९:३४:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया