अस्ट्रेलियामा दुईवटा विमान आपसमा ठोक्किँदा चारजनाको मृत्यु

मेलबोर्न– अस्ट्रेलियामा दुईवटा साना विमान आकाशमै एकआपसमा ठोक्किँदा त्यसमा सवार चारैजनाको मृत्यु भएको छ । अस्ट्रेलियाको मेलबर्नको ग्रामीण इलाकामा बुधबार सो दुर्र्घटना भएको हो ।   

ती दुई विमान म्यान्गालोर सहरमा करिब ४ हजार फिटमाथि आकाशमा ठोक्किएका थिए । दुवै विमानमा एक–एकजना पाइलट र एक–एकजना यात्रु सवार रहेको प्रहरीले जनाएको छ ।

दुवै विमान कानुनी रूपमा वैध रहेका भए पनि घटनाको अनुसन्धान भइरहेको अधिकारीहरुले बताएका छन् ।





  • प्रकाशित मिति : फागुन ७, २०७६ बुधबार १५:५०:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया