Sat, 04 Apr, 2020


सन्चारमन्त्रीलाई तत्काल बर्खास्त गर्न कांग्रेसको माग
फरकधार / फागुन ८, २०७६
फाइल तस्वीर ।

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सन्चारमन्त्री गोकुल बाँस्कोटालाई तत्काल बर्खास्त गर्न माग गरेको छ । बिहिबार स्विस कम्पनीका एजेन्टसँग सेक्युरिटी प्रेस स्थापनाका लागि घुस माग्दै गरेको अडियो सार्वजनिक भएपछि सन्चारमन्त्री गोकुल बाँस्कोटालाई तत्काल बर्खास्त गरेर निस्पक्ष अनुसन्धानलाई सहयोग गर्न कांग्रेसले प्रधानमन्त्रीसँग माग गरेको हो । 



कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले यस विषयमा इन्तु, परन्तु, किन्तुको कुनै अर्थ नरहेको समेत लेखेका छन् । ‘न दाँया, न बाँया, सिधा बर्खास्त गरियोस्,’ शर्माले ट्विटरमा लेखेका छन् । 


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्