राजीनामा दिने तयारीमा सन्चारमन्त्री
फाइल तस्वीर ।

काठमाडौं— सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिने भएका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिदमा घुसमा बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि उनले राजीनामा दिने भएका हुन् । 

आज (बिहिबार) नै उनले दिउँसो राजीनामा दिने नेकपाका एक नेताले फरकधारलाई बताए । ती नेताका अनुसार अहिले सन्चारमन्त्री गोकुल बाँस्कोटा काठमाडौंबाहिर छन् । उनले काठमाडौं फर्किएलगत्तै राजीनामा दिनेबारे प्रधानमन्त्री केपी शर्मा ओलीलाई बताएका छन् ।

आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको उनको वार्तामा पनि उनलाई राजीनामा दिएर छानबिनमा सहयोग गर्न निर्देशन दिएको प्रधानमन्त्री ओलीको सचिवालयका एक सदस्यले बताए ।

तर, यस विषयमा बाँस्कोटासँग बुझ्न खोज्दा उनको मोबाइल अफ थियो । उनको सचिवालयका सदस्यहरुले पनि फोन अफ गरेका छन्, केहीले फोन उठाइरहेका छैनन् ।





  • प्रकाशित मिति : फागुन ८, २०७६ बिहीबार १०:५४:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया