काठमाडाैं फर्किएपछि प्रतिक्रिया दिन्छु: गाेकुल बाँस्काेटा
फाइल तस्वीर ।

कन्चनपुर— सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रेस खरिदबारे सार्वजनिक भएको अडियो सम्बन्धमा काठमाडौं फर्किएपछि विस्तृत प्रतिकृया दिने बताएका छन् । 

बिहीबार नेकपा बेलडाँडीद्वारा बेलडाँडी गाउँपालिकामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै मन्त्री बाँस्कोटाले काठमाडौं फर्किएपछि सार्वजनिक भएको अडियोबारे विस्तृत प्रतिकृया दिने बताएका हुन् ।  सेक्युरिटी मेसिन खरिदबारे मन्त्री बाँस्कोटाले ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएको छ । 

मन्त्री बाँस्कोटाले आफुमाथि लागेको आरोप प्रमाणित भए सजाय भोग्न तयार भएको बताएका छन् । उनले यसलाई राजनीतिक रंग दिएर प्रपोगाण्डा मच्चाउन लागिएको प्रारम्भिक प्रतिक्रिया दिए । ‘जसले गल्ती गर्छ, त्यही जान्छ' मन्त्री बाँस्कोटाले भने, ‘यस्ता विषयले पार्टीलाई लैजाने होइन, आत्तिनु पर्दैन, मैले गल्ती गरेको भए मै जाउँला ।’

मन्त्री आजै बेलौरीमा टेलिकमको उद्घाटन र पुनर्वासमा कार्यकर्ता भेटघाट गरेर काठमाडाैं फर्किने कार्यक्रम छ । उनी बुधबार महेन्द्रनगरमा सुरु भएको सुदूरपश्चिमाञ्चल औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको उद्घाटन गर्न यहाँ आएका थिए । 





  • प्रकाशित मिति : फागुन ८, २०७६ बिहीबार ११:०:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया