भारतमा बस दुर्घटना, ६ जना नेपालीको मृत्यु

काठमाडौं– भारतमा नेपाली चढेको बस दुर्घटना भएको छ । नेपालबाट तीर्थयात्राका लागि भारत गएका नेपाली तीर्थयात्री चढेको बस दुर्घटना हुँदा ६ जना नेपालीको मृत्यु भएको छ । 

घटनामा १८ जना घाइते भएका र उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । सलेम बेंगलरु नेसनल हाइवेमा बिहीबार बिहान मिनीबस दुर्घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रहरीका अनुसार दुर्घटनामा परी दुई महिला र चार पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये केहीको सनाखत भएको छ । जसमा ५६ वर्षका गोपाल तामाङ, ६० वर्षका विष्णु दाहाल, ४६ वर्षका वीरबहहादुर राई, ५० वर्षका टीकाराम र ५० वर्षकी बेलुकारी चौधरीको नाम खुलेको छ । 

नेपालको सुनसरी जिल्लाबाट ३४ जनाको टोली माघ २३ गते ३५ दिनको तीर्थयात्राका लागि गएको थियो ।





  • प्रकाशित मिति : फागुन ८, २०७६ बिहीबार १५:२०:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया