ट्रम्पले भारतमा लिएर आउँदैछन् विश्वकै ‘खतरानक फुटबल’

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी पत्नी मेलानिया ट्रम्प २४ र २५ फ्रेबुअरीमा भारतको भ्रमणमा आउँदै छन् । यसका लागि भारतले निकै कडा सुरक्षा व्यवस्था अपनाएको छ । अहमदाबाद, आग्रादेखि लिएर दिल्लीसम्म ट्रम्पको सुरक्षाका लागि कम्तिमा पनि १० हजार सुरक्षाकर्मी खटाइएका छन् । 

यो भ्रमणमा ट्रम्पले आफ्नै सुरक्षा टिममात्र लिएर आउँदै छैनन्, उनले न्युक्लियर फुटबल पनि लिएर आउँदै छन् । 

त्यसो त उनले सधैं आफूसँग यो फुटबल राख्ने गरेका छन् । यसबारे के अनुमान गरिएको छ भने यसले विश्वलाई ध्वस्त बनाउन सक्ने क्षमता राख्छ । यो फुटबल सिक्रेट ब्रिफकेसका रुपमा पनि चिनिएको छ । ट्रम्पको सुरक्षामा खटिएका सुरक्षाकर्मीले नै यो फुटबललाई लिएका हुन्छन् ।

डेलिमेलका अनुसार सन् १९६२ देखि अमेरिकाका सबै राष्ट्रपतिले यो न्युक्लियर फुटबल आफूसँग राख्ने गरेका छन् । यो अमेरिकाले परमाणु हमला गर्दा आवश्यक पर्ने सबै सामग्री भएको ब्रिफकेस हो । यसमा एउटा सन्चारसेट, एउटा ७५ पेज लामो किताब पनि भएको बताइन्छ ।





  • प्रकाशित मिति : फागुन ९, २०७६ शुक्रबार ११:७:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया