महिला टि– २० विश्वकप आजबाट

एजेन्सी– आइसिसी महिला टि–२० विश्वकपको सातौं संस्करण आजबाट सुरु हुँदैछ ।

प्रतियोगीताको सुरुवात सिड्नी शो ग्राउण्ड क्रिकेट मैदानमा आयोजक तथा साविक विजेता अष्ट्रेलिया तथा भारतको खेलबाट हुने छ । सो खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजे सुरु हुनेछ ।

मार्च ८ सम्म चल्ने प्रतियोगीतामा ९ टेस्ट तथा १ एसोसियट गरी १० टोली सहभागी छन् । यी टोलीहरुलाई दुई समुहमा विभाजन गरीएको छ । 

समूह ‘ए’मा भारत,अष्टेलिया,न्युजिल्याण्ड ,श्रिलंका तथा बङ्गलादेश छन् । 

समूह ‘बि’मा दक्षिण अफ्रिका,पाकिस्तान, इङ्गल्याण्ड, वेस्ट इण्डिज तथा  थाइल्याण्ड छन् । समूहका प्रत्येक टोलीले एक अर्कासंग प्रतिस्पर्धा गर्नेछन र शिर्ष दुई टोली  समेमिफाइनलमा पुग्नेछन् । 

सेमिफाइनल खेल सिड्नी क्रिकेट मैदानमा पाँच मार्चमा हुने छ भने फाइनल खेल मेलवर्न क्रिकेट मैदानमा आठ मार्चमा हुने छ । 



सन् २००९ बाट सुरुभएको प्रतियोगीताको  छैटौं चरण सकिँदासम्म ३ राष्ट्र मात्र  विजेता भएका छन् । जसमा अष्ट्रेलिया सर्वाधिक ४ तथा इङ्गल्याण्ड तथा वेस्ट इण्डिज समान १ पटक विजेता भएका छन । सन् २०१० देखि यो प्रतियोगीता    २–२ वर्षको अन्तरालमा आयोजना हुने गरेको छ ।



  • प्रकाशित मिति : फागुन ९, २०७६ शुक्रबार ११:२३:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया