काठमाडौं– आइसिसी महिला टी–२० विश्वकपमा भारतले विजयी सुरुवात गरेको छ । आज सिड्नी सो ग्राउन्ड क्रिकेट मैदानमा भएको खेलमा भारतले आयोजक तथा साबिक विजेता अष्ट्रेलियालाई १७ रनले पराजित गर्दै सुखद् सुरुवात गरेको हो ।
टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १३२ रन बनाएको थियो । भारतका लागि दिप्ति शर्माले सर्वाधिक ४९ नरको योगदान दिइन् । त्यस्तै, सफाली बर्माले २९ तथा जेमिमा रोड्रिगेजले २६ रनको योगदान दिए ।
अष्ट्रेलियाका लागि जेस जोनासनले २ तथा एलिस पेरी तथा डिलिसा किमिंग्सेले समान १ विकेट हात पारे । १३३ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै ११५ मात्र रन बनाउन सक्यो ।
अष्ट्रेलियाका लागि एलिस हेली तथा एलेङ गार्डनरबाहेक अन्यले राम्रो ब्याटिङ गर्न सकेनन् । अष्ट्रेलियाका लागि एलिस हेलीले सर्वाधिक ५१ रनको योगदान दिइन् । ३५ बलको सामना गरेकी उनले ६ चौका तथा १ छक्का प्रहार गरिन् ।
त्यस्तै एसालेङ गर्डनरले ३४ रनको योगदान दिँदा अन्यले दोहोरो अंक छुन सकेनन् । अष्ट्रेलियाको पारी ध्वस्त बनाउने क्रममा भारतकी पुनम यादवले ४, शिखा पाण्डेले ३ तथा राजेश्वरी गायकवन्डले १ विकेट हात पारे भने २ विकेट रन आउटको रुपमा प्राप्त भयो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।