एमसिसीबारे नेकपा कार्यदलले प्रतिवेदन तयार पार्यो, आजै अध्यक्षद्वयलाई बुझाइने

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी)बारे अध्ययन गर्न बनाएको कार्यदलले प्रतिवेदन तयार गरेको छ । 

वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा भीम रावल र प्रदीप ज्ञवालीसहितको तीन सदस्यीय समितिले तयार भएको प्रतिवेदन अध्यक्षद्वयलाई बुझाउने भएको छ । शुक्रबार बसेको कार्यदलको बैठकले सुझाबसहित तयार पारेको प्रतिवेदन पार्टी अध्यक्षद्वयलाई बुझाउने निर्णय गरेको हो । 

कार्यदल सदस्य भीम रावलका अनुसार सरकार र एमसिसीबीच भएको सम्झौता र इण्डो प्यासिफिकका सम्बन्धमा आवश्यक तथ्यहरुको विस्तृत अध्ययन गरेर प्रतिवेदन तयार पारिएको छ । 

सम्भवतः शुक्रबारै प्रतिवेदन बुझाइने जानकारी दिँदै उनले यसबारे गर्नुपर्ने निर्णय, कसरी अगाडि बढ्नुपर्छ भन्ने विषयमा पार्टी नेतृत्वले विस्तृत छलफल गरेर अघि बढ्ने बताए । 
प्रतिवेदन बुझाइनसकेकाले अहिलेलाई त्यसमा के–के कुरा समेटिएको छ भन्नेबारे खुलाउन नमिल्ने उनले बताए । 





  • प्रकाशित मिति : फागुन ९, २०७६ शुक्रबार १७:२५:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया