अछाममा चट्याङमा परेर एक जनाकाे मृत्यु

अछामको तुर्माखाँद गाउँपालिका वडा न. ४ जैसुरको मिलनचोकमा रहेको धर्म कामीको घरमा गएराती चट्याङ पर्दा उनका १४ महिने छोरा रोहित कामीको घटनास्थलमै मृत्यु भएको छ । धर्मकी २४ वर्षीया श्रीमती चन्द्रा कामी गम्भीर घाइते भएकी छन् ।  

यसैगरी धर्मका छिमेकीको गोठमा समेत चट्याङ पर्दा तीनवटा गोरु मरेका छन् । अहिले प्रहरी, स्थानिय र जनप्रतिनिधीले घटनाको अवलाेकन गर्ने र घाइतेको उद्वार गर्ने काम गरिरहेकाे गाउँपालिका अध्यक्ष पुष्पराज शर्माले जानकारी दिए ।





  • प्रकाशित मिति : फागुन १०, २०७६ शनिबार १०:४४:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया