गुल्मीमा मृतक माेहनका परिवारले दिए किटानी जाहेरी

गुल्मी— शुक्रबार बिहान मृत भेटिएका गुल्मी दरबार गाउँपालिका-४ वीरबासका ३२ वर्षीय मोहन प्रसाद चुँदालीको परिवारले प्रहरीमा शनिबार किटानी जाहेरी दिएका छ्न् । गत बिहीबार राति स्थानीय विष्णु कँडेलसँग होटलमा सँगै बसेका उनी भोलिपल्ट मृत फेला परेपछि घटना थप रहस्यमय बनेको छ । 

आरोपित कँडेलसँग लामो समयदेखि बोलचाल नभएका चुँदाल शुक्रबार बिहान मृत भेटिएका थिए । किटानी जाहेरी दिएपछि मोहनकी भाउजु मिनाले घटनाको सत्यतथ्य छानबिन गर्न माग गरेकी छन् । उनले दोषीलाई उन्मुक्ति र पीडितलाई अन्याय प्रहरीबाट नहुने आशा लिएको बताइन् ।

प्रहरीले अनुसन्धानका लागि कँडेलसहित दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । पीडित परिवारको तर्फबाट जाहेरी परेकाले थप अनुसन्धान अगाडि बढाउने जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख राजेन्द्रसिंह खड्काले बताए । मृतक मोहनको शव दुई दिनदेखि जिल्ला अस्पतालको शव गृहमा राखिएको छ ।





  • प्रकाशित मिति : फागुन १०, २०७६ शनिबार १८:८:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया