प्रचण्ड ओलीले राष्ट्रपतिसँग छलफल गरे नयाँ मन्त्रीहरुबारे
फाइल तस्वीर ।

काठमाडाैं— प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति विद्यादेवि भण्डारीलाई भेट्न महाराजंगस्थित राष्ट्रपति निवास पुगेका छन् ।

नेकपा केन्द्रीय सचिवालयको बैठक सकिएलगत्तै शनिबार साँझ अध्यक्षद्वय राष्ट्रिपति निवास पुगेका हुन् । सेक्युरिटी प्रेस खरिदका सम्बन्धमा 'कमिसन डिल' गरेको अडियो सार्वजनिक भएपछि राजीनामा दिएका संचार मन्त्री गोकुल बाँस्कोटाका सम्बन्धमा राष्टपतिसँग उनीहरुले छलफल गरेको बुझिएको छ ।

उनीहरुले त्यहाँ अब नयाँ मन्त्रीहरु काेकसलाई बनाउने भन्नेबारे पनि छलफल गरेकाे स्राेतले बताएकाे छ ।





  • प्रकाशित मिति : फागुन १०, २०७६ शनिबार १९:१७:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया