गाेकुल बाँस्काेटाविरुद्ध अख्तियामा मुद्दा दायर

काठमाडाैं— निवर्तमान सूचना, प्रविधि तथा सञ्चार मन्त्री गोकुलप्रसाद बाँस्कोटालाई अनुसन्धानको दायराभित्र ल्याउन माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दर्ता भएको छ ।

अभियानकर्मी विजयबाबु शिवाकोटी र प्रितम सुवेदीले अख्तियारमा मुद्दा दर्ता गराएका हुन् । करोडौंको भ्रष्टाचार गर्ने नियतका साथ बार्गेनिङ गरिएको अडियो सार्वजनिक भएकाले अनुसन्धानको दायरामा ल्याउनुपर्ने माग सहित मुद्दा दर्ता गरेको शिवाकोटीले बताए ।

उनीहरुले आइतबार बिहान मुद्दा दर्ता गराएका छन् । सेक्युरिटी प्रिन्टिङ खरीद प्रक्रियामा एक स्वीस कम्पनीका नेपाली एजेन्ट बिजयप्रकाश मिश्रसँग कमिसन बार्गेनिङ गरेको अडियो सार्वजनिक भएसँगै बाँस्कोटाले पदबाट राजीनामा दिइसकेका छन् ।





  • प्रकाशित मिति : फागुन ११, २०७६ आइतबार ११:३१:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया