संविधान संशोधनबारे गृहकार्य गर्न नेकपाले बनायो कार्यदल
फाइल तस्वीर ।

काठमाडौं— नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले संविधान संशोधनबारे गृहकार्य गर्न कार्यदल बनाएको छ । नेकपा नेता माधवकुमार नेपालको संयोजकत्वमा बनाइएको यो कार्यदलमा पूर्वसभामुख सुवास नेम्वाङ र खिमलाल देवकोटा सदस्य रहेका छन् । 

विशेषतः नेकपा उपाध्यक्ष वामदेव गौतमले राखेको मागमाथि यो कार्यदलले काम गर्ने बुझिएको छ । उपाध्यक्ष गौतमले राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउनु पर्ने माग गरेका थिए । 

अब नेकपाले उनलाई राष्ट्रिय सभामा लैजाने तयारी गरेको छ । केही अघि नै उनले राष्ट्रिय सभामा आफू जाने भए संविधान संशोधन हुनु पर्ने माग राखेका थिए । उनले राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्ने भए मात्र आफू राष्ट्रिय सभा अध्यक्ष हुने बताएका थिए । एक तिहाई पदका लागि ९ माघमा भएको राष्ट्रिय सभा निर्वाचनमा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ उम्मेदवार भए पनि गौतमले उम्मेदवारी दिन मानेका थिएनन् । 





  • प्रकाशित मिति : फागुन ११, २०७६ आइतबार १७:४६:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया