आग्रामा ट्रम्पलाई सुरक्षा दिन लंगुर !

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आज भारत भ्रमणका लागि आइपुग्दै छन् । उनी भारतमा आग्रामा रहेको ताजमहलमा पनि पुग्नेछन् । यहाँ उनी दुई घन्टा मात्र रहनेछन् । तर, उनको भ्रमणका लागि भनेर निकै ठूलो तयारी सुरु भइसकेको छ ।

ट्रम्प हिँड्ने बाटोमा त्यहाँ पानीले राम्रोसँग पखालिएको छ । र, सुरक्षा पनि कडा व्यवस्था गर्न थालिएको छ । त्यहाँको सुरक्षाको बन्दोबस्तका लागि मुख्यमन्त्रीदेखि त्यहाँका सबै अधिकारी खटिएको भारतीय मिडियाले लेखेका छन् । 

ट्रम्प र उनकी पत्नी मेलानिया आज साँझ पाँच बजे आग्रामा जाने र ताजमहल घुम्ने योजना रहेको छ ।

यो ठाउँमा खटिएका प्रहरी जवानलाई पनि विभिन्न पास दिइएको बताइएको छ । त्यहाँ उनीहरुले आफ्नो ठाउँमा पास देखाएर मात्र जान पाउने छन् । सुरक्षामा खटिएका एक प्रहरी अधिकारीले बिबिसी हिन्दीलाई बताएका छन्, ‘हामी पनि हाम्रो इच्छाअनुसार यता र उता जान पाउँदैनौँ ।’

मानिसहरुबाट मात्र होइन, ट्रम्पलाई अन्य जनावरबाट पनि सुरक्षित बनाउन त्यहाँ कडा व्यवस्था बनाइएको छ । ताजमहलको क्षेत्रमा बाँदरहरुले पर्यटकलाई आक्रमण गरिरहने कुरालाई मध्यनजर गर्दै त्यहाँ प्रहरीले लंगुर तैनाथ गरेको छ । यसका लागि प्रहरीले त्यहाँको वन विभागसँग सहयोग लिएको थियो ।





  • प्रकाशित मिति : फागुन १२, २०७६ साेमबार १०:३५:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया