काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमद दाहाल प्रचण्डबीच बालुवाटारमा भेटवार्ता भएको छ ।
पछिल्लो समय उठेका विभिन्न राजनीतिक विषयमाथि छलफल गर्न यो भेटघाट भएको बताइएको छ । प्रचण्ड सोमबार विहान ओलीलाई भेट्न बालुवाटार पुगेका थिए । उनीहरुबीच समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।
पछिल्लो समय सन्चारमन्त्री रहेका गोकुल बाँस्कोटाको अडियो प्रकरण, राष्ट्रिय सभा सदस्य प्रधानमन्त्री बन्न पाउने गरि संविधान संशोधन गर्ने चर्चाबारे ओली र प्रचण्डबीच छलफल भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।