एन आई सी एशिया बैंकका ग्राहकले सोनी ब्राभिया किन्दा पाउनेछन् विशेष छुट

काठमाडौं– एनआईसी एशिया बैंक लिमिटेड र नेपा हिमा ट्रेड लिंकबीच बैंकका ग्राहकले सोनीका आउटलेट तथा आधिकारिक विक्रेताहरूबाट सोनी ब्राभिया टिभीका केही मोडल किन्दा छुट दिने सम्झौता भएको छ । सम्झौतामा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र हिमा ट्रेडका कार्यकारी निर्देशक राजेश तुलाधरले हस्ताक्षर गरेका हुन् । 

सम्झौता अनुसार बैंकका ग्राहकले बैंकको डेबिट तथा क्रेडिट कार्ड तथा मोबाइल सेवा बैंकिङ प्रयोग गरेर टिभी किन्दा प्रत्येक खरिदमा १० प्रतिशत वा अधिकतम २ हजारसम्म छुट दिने भइएको छ । बैंकले ग्राहकलाई अधिकतम लाभ दिन यो योजना ल्याएको दाबी गरेको छ । 

एनआइसी एशियाले कार्ड तथा मोबाइल बैंकिङ्गबाट गरिने विद्युतीय भुक्तानीलाई प्रवद्र्धन गर्दै आइरहेको छ । जसअनुसार बैंकको डेबिट÷क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग सेवाग्राहीहरूले यस बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गका माध्यमहरूबाट विभिन्न सामान तथा सेवा खरिद गर्दा देशभर २,२०० वटा भन्दा बढि मर्चेन्टहरूबाट आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

यो छुट देशभर रहेको विभिन्न ख्यातिप्राप्त अस्पताल, होटल, रिसोर्ट, रेस्टुराँ तथा विभिन्न सेवा तथा सामान विक्री गर्ने स्थानहरूबाट पाइन सकिन्छ । विद्युतीय भुक्तानीलाई थप सरल बनाउनुको साथै यसको पहुँच विस्तार गर्न बैंकले हालसम्म देशको विभिन्न ३,७०० भन्दा बढि स्थानहरुबाट पिओस तथा १२,००० भन्दा बढी स्थानबाट क्युआर कोड स्क्यान सेवा प्रदान गर्दै आएको छ ।





  • प्रकाशित मिति : फागुन १२, २०७६ साेमबार १४:५६:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया