बिपी राजमार्गमा गाडीको ठक्करबाट एकजनाको मृत्यु, राजमार्ग अवरुद्ध

सिन्धुली– बिपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ खुर्कोटमा गाडीको ठक्करबाट एकजनाको मृत्यु भएपछि स्थानीयवासीले राजमार्ग अवरुद्ध पारेका छन् । 

गाडीको ठक्करबाट आज बिहान स्थानीयवासी ५० वर्षीय नन्दलाल श्रेष्ठको मृत्यु भएको थियो । ठक्कर दिने गाडीको पत्ता लगाएर आवश्यक कानुनी कारवाहीको माग गर्दै स्थानीयवासीले राजमार्ग अवरुद्ध पारेका हुन् ।

ठक्कर दिने सवारीको खोजी भइरहेको र अवरुद्ध राजमार्ग सञ्चालन गर्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक रञ्जु सिग्देलले जानकारी दिइन् ।

राजमार्ग अवरुद्ध भएपछि बिपी राजमार्ग तथा मध्यपहाडी लोकमार्गहुँदै काठमाडौं र काठमाडौँदेखि अन्यत्र हिँडेका यात्रुहरु बिचल्लीमा परेका छन् ।





  • प्रकाशित मिति : फागुन १२, २०७६ साेमबार १५:२७:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया