सुरक्षा व्यवस्था सबल बनाउनु सरकारकाे उच्च प्राथमिकता : गृहमन्त्री

चितवन– गृहमन्त्री रामबहादुर थापाले निर्यातमुखी अर्थतन्त्र सबल हुनुपर्ने बताएका छन् । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र काठमाडौंद्वारा रत्ननगरमा आयोजित ‘व्यापार, विश्लेषण तथा निकासी प्रवर्द्धन’सम्बन्धी तालिमको शुभारम्भ गर्दै उनले औद्योगिक, व्यापार र अर्थनीतिको विश्लेषण गरेर सुधार गर्नुपर्नेमा जोड दिए ।   

गृहमन्त्री थापाले उत्पादन बढाई निर्यातमा वृद्धि गर्न आग्रह गर्दै आन्तरिक सुरक्षा व्यवस्था सबल बनाउन सरकारले उच्च प्राथमिकता दिएको जानकारी दिए । उनले भने, ‘सुरक्षाकर्मीको मनोबल उच्च बनाउन गृह मन्त्रालयले काम गरिरहेको छ । प्रहरी चौकी निर्माण र पुनर्निर्माणको काम भइरहेको छ ।’ 

गृहमन्त्री थापाले राजमार्गमा राखिएका सडक बोर्डको दस्तुर संकलन केन्द्रले समस्या बनाएको हुँदा ती केन्द्रलाई जिल्लाको सीमा क्षेत्रमा रहेको शून्य बिन्दुमा सार्ने प्रक्रिया अघि बढाइएको बताए । उनले भने ‘तपाईंहरुलाई समस्या बनाएको गोन्द्राङको ढाँट सर्छ ।’ सुखी नेपाली समृद्ध नेपाल वनाउन सरकारले विकासको गतिलाई तीव्र बनाएको उनले बताए । 

पाँचदिने सो तालीमको उद्योग वाणिज्य संघ रत्ननगरले सहजीकरण गरेको हो । संघका अध्यक्ष राजाराम रेग्मीको सभापतित्वमा भएको कार्यक्रममा प्रदेशसभा सदस्य कृष्णप्रसाद खनाल, रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन, केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणालगायतले तालिमको महत्वमाथि चर्चा गरेका थिए ।





  • प्रकाशित मिति : फागुन १२, २०७६ साेमबार १५:४१:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया