कांग्रेस, समाजवादी र राजपाबीच संसदमा मुद्दाका आधारमा सहकार्य गर्ने सहमति

काठमाडौं– प्रमुख विपक्षी नेपाली कांग्रेसले मंगलबार संसदमा एक स्वरमा प्रस्तुत हुन राजपा र समाजवादी पार्टीसँग प्रस्ताव राखेको छ । सरकारको गलत प्रवृत्तिविरुद्ध संसदमा विपक्षी दल एक भएर जाँदा प्रभावकारी हुने भन्दै कांग्रेसले यस्तो प्रस्ताव राखेको हो । 

कांग्रेसले निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाको अडियो प्रकरणमा प्रधानमन्त्रीको जवाफ मागेको छ । सदनमा विपक्षी दलहरुलाई आफ्ना कुरा राख्न नदिए सदनको अवरोध कायमै रहन सक्ने कांग्रेसले बताएको छ ।

तीन दलबीच सिंहदरबारमा भएको छलफलमा मुद्दाका आधारमा सहकार्य गर्ने सहमति भएको छ । अडियो प्रकरणलगायत समसायिक विषयमा सबैलाई बोल्न दिने र त्यसका आधारमा सभामुखले रुलिङ गर्ने अवस्था बन्यो भने संसद चल्न दिने कांग्रेसका एक सांसदले बताए । 

कांग्रेसले सेक्युरिटी प्रेस खरिद प्रकरणमा ७० करोड कमिसन माग गरेका गोकुल बास्कोटालाई सञ्चारमन्त्रीबाट बर्खास्त गर्नुपर्ने र यसबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गर्दै संसद अवरुद्ध गरेको थियो ।

यस विषयमा प्रधानमन्त्रीको जवाफको अपेक्षा गरेको कांग्रेसले आफ्नो मुद्दालाई बलियो बनाउन अन्य विपक्षी दलको साथ खोजेको हो । 





  • प्रकाशित मिति : फागुन १२, २०७६ साेमबार १७:५६:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया