भीम रावलकाे माग— कालापानीमा नेपाली चाैकी राखियाेस्
फाइल तस्वीर ।

काठमाडाैं— सत्तारुढ नेकपाका स्थायी समित सदस्य भीम रावलले कालापानी क्षेत्रमा नेपाली सीमा चौकी स्थापना गर्न सरकारसमक्ष माग गरेका छन् ।

भारतले मिचेर कालापानी क्षेत्रमा रहेका भारतीय प्रहरी चौकीलाई हटाउन सरकारले चालेको कदम प्रशंसायोग्य रहेको भन्दै कालापानी क्षेत्रमा नेपालका सीमा चौकी स्थापना गर्नुपर्ने बताएका छन् ।

‘कालापानीमा सीमा चौकी स्थापनालाई तादरुपताका साथ अघि बढाइयोस् यसका लागि आवश्यक बजेट छुट्याइयोस्,’ मंगलबार दिउँसो बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै रावलले भने । 

टिंकर क्षेत्रका बासिन्दा तल झर्दा आफ्नै भूमि टेक्न मिल्ने गरी बाटो बनाउन पनि रावलले सरकारको ध्यानाकर्षण गराए ।

लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको रक्षाका लागि प्रधानमन्त्रीले बालुवाटारमा राखेको सर्वदलीय बैठककमा गरेको निर्णय दृढताका साथ कार्यान्वयन गर्न पनि उनले सरकारको ध्यानाकर्षण गराए ।  

रावलले दक्षिण कोरियामा रहेका नेपालीको संख्या ठूलो भएको हुँदा त्यसतर्फ पनि सरकारले ध्यान दिन आग्रह गरे ।  



‘दक्षिण कोरियामा नेपालीको उपस्थिति ठूलो छ। चीनको बुहानबाट नेपाली ल्याएजसरी दक्षिण कोरियाबाट नेपाली ल्याउन सम्भव छ/छैन यस विषयमा पनि सरकारले ध्यान दिनका लागि ध्यानाकर्षण गराउँछु’, उनले भने ।

उनले भ्रष्टाचारको विषयमा नेकपाले कसैलाई बचाउ नगर्ने उल्लेख गर्दै भ्रष्टाचार प्रमाणित भए पार्टीले कारबाही गर्ने दाबी गरे । भ्रष्टाचारबारे कुरा उठ्नेबित्तिकै नैतिकताका आधारमा राजीनामा दिएर नेकपाका नेताले राजनीतिक इतिहासमै उल्लेखनीय काम गरेको रावलले बताए ।



  • प्रकाशित मिति : फागुन १३, २०७६ मंगलबार १७:४८:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया