मीनेन्द्र रिजालकाे प्रश्न– के तेह्रथुमले प्रधानमन्त्रीलाई चिन्याे ?

काठमाडाैं— प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता डा मिनेन्द्र रिजालले मंगलबार प्रतिनिधिसभा बैठकमा तामझामसहित जन्मदिन मनाउन तेह्रथुम पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई जन्मघरले चिन्यो त ? भन्ने प्रश्न गरेका छन् । 

‘प्रधानमन्त्रीज्यू तपाईंको जन्मघरले यो मेरै घरको केटो खड्गप्रसाद हो भनेर चिन्न त चिन्यो ?,’ रिजालले प्रश्न गरे ।

कम्युनिस्ट प्रधानमन्त्रीले पहिलेका राजा महाराजाहरूलेजस्तै तामझाम गरेर जन्मदिन मनाउनु लोकतान्त्रिक देशमा नसुहाउने भन्दै उनले आक्रोस पोखे । 

बालुवाटार जग्गा प्रकरण, सेक्युरिटी प्रेस खरिद, फोरजी प्रकरण लगायतका विषयमा मुछिएका सबै भ्रष्टाचारीलाई पार्टी र गुट नहेरी कारबाही गर्न रिजालले माग गरे ।

‘प्रधानमन्त्रीज्यू यो लाजलाग्दो भ्रष्टाचार सर्वांङ देखिएको छ,’ उनले भने ।

कम्युनिस्ट सरकारले भ्रष्टाचारकाे परिभाषा नै बदल्न खाेज्याे 



त्यसैगरी बैठकमा संघीय समाजवादी पार्टीकी सांसद सरिता गिरीले सत्तारुढ नेकपाले भ्रष्टाचारको परिभाषा नै बदल्न खोजेको बताएकी छन् ।

विधि र कानुनको शासनमा नेकपाको सरकार चुकेकोसमेत गिरीले बताएकी छन् ।  



गिरीले भनिन्, ‘हामीले पनि माओवाद, मार्क्सवाद, कम्युनिज्म पढेका छौं । तर हाम्रो अध्यक्षज्यू उपेन्द्र यादवले भनेजस्तै ओली सरकार कम्युनिष्ट होइन कमाउनिष्ट भएको छ ।’

नेकपा सरकारले आसेपासे पुँजीवादलाई प्रश्रय दिएको पनि उनले औंल्याइँन् ।

  • प्रकाशित मिति : फागुन १३, २०७६ मंगलबार १८:४४:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया