सुत्नुअघि यसकारण पिउनु हुँदैन ग्रिन टी

एजेन्सी— आजभोलि ग्रिन टी पिउने चलन निकै बढेको छ । यसले निकै धेरै सहयोग गर्छ भनेर बारम्बार भनिएको हुन्छ । त्यसैले पनि नेपालमा पनि विभिन्न ठाउँमा वा कार्यालयहरुमा ग्रिन टी पिउने चलन बढेको छ । 

तर, ग्रिन टी सुत्नुअघि पिउनु हुँदैन । यसका अत्यन्त धेरै बेफाइदाहरु हुने विभिन्न रिसर्चले देखाएका छन् । ग्रिन टीमा निकै धेरै फ्लेवोनोइड हुन्छ । यसले शरीरमा सुगरको मात्र कम गर्नुका साथसाथै खराब कोलेस्ट्रोललाई पनि नियन्त्रण गर्न सहयोग गर्छ । तर, यतिमात्र होइन, ग्रिन टीका कारण मुटु रोगबाट पनि छुट्कारा पाउन सकिन्छ । 

तर, राति ग्रिन टी पिउँदा मानिसहरुलाई गहिरो निद्रा लाग्दैन । यसका कारण भोलिपल्ट सबैको दिन खराब हुनसक्छ । त्यसैले ग्रिन टी एउटा उचित समयमा मात्र पिउनुहुन्छ ।

विभिन्न अध्ययनहरुले ग्रिन टी विहान पिउनु पर्ने बताउँछन् । ग्रिन टी थिनिन कोर्टिसोल जस्तो तनावसँग सम्बन्धित हर्मोनलाई कम गर्न सहयोग गर्छ । यो हर्मोनले शरीरबाट मस्तिष्कमा पुगेर तनाव बढी बनाउने तत्वलाई घटाउँछ । अझ केही अध्ययनले  त विहान ग्रिन टी पिउँदा राति राम्रो निद्रा पर्ने पनि बताएका छन् ।





  • प्रकाशित मिति : फागुन १३, २०७६ मंगलबार २१:२:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया