बागलुङमा आफैंले काटेकाे रुखले किचेर एककाे मृत्यु

आफैँले काटेको रुखले किचेर मंगलबार बागलुङमा एक व्यक्तिको ज्यान गएको छ ।

जिल्लाको बागलुङ नगरपालिका– ७ तितौरेका ४६ वर्षीय रत्नबहादुर कार्की आफैँले काटेको रुखले लागेर गम्भीर घाइते भएका थिए ।

गम्भीर घाइते कार्कीलाई उपचारका लागि धौलागिरि अञ्चल अस्पताल बागलुङ ल्याइएको थियो । तर उनको उपचारकै क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक हेमबहादुर केसीले जानकारी दिए ।

कार्की तितौरेको सामुदायिक वनमा घर बनाउने आवश्यक रुख काट्न गएका थिए । मृतक कार्कीसँगै गएका ४२ वर्षीय पदम कार्की पनि घाइते भएका छन् । दुवै हात र खुट्टामा चोट लागेका पदमको धौलागिरि अञ्चल अस्पताल बागलुङमै उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको पनि अस्पतालले जनाएको छ ।





  • प्रकाशित मिति : फागुन १३, २०७६ मंगलबार २१:३५:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया