प्रदीप ज्ञवालीको प्रश्नः के नेकपा राजनीतिक स्थिरता दिन अक्षम छ भन्ने सन्देश दिन खोजिएको हो ?

काठमाडौं— केही समयअघि नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमले आफूलाई राष्ट्रिय सभामा जान आएको अनुरोधको प्रसंग निकाल्दै संविधान संशोधन भएर राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने व्यवस्था भए आफू राष्ट्रिय सभामा जान सक्ने बताएका थिए । 

यही विषयमा गत शनिबार नेकपाको सचिवालय बैठकमा छलफल भयो । बैठकले माधव नेपालको अध्यक्षतामा यसबारे अध्ययन गर्न कार्यदल समेत बनाउने भयो । 

तर, एक व्यक्तिको चाहनाका आधारमा संविधान नै संशोधन गर्ने विषय निकालेको भन्दै नेकपा नेतृत्वको आमरुपमा मात्र होइन, पार्टीभित्रै पनि आलोचना बढिरहेको छ । 

अब यही विषयमाथि रहेर परराष्ट्रमन्त्रीसमेत रहेका नेकपा नेता प्रदीप ज्ञवालीले प्रश्न उठाएका छन् । उनले गत निर्वाचनमा समृद्धिको सपना बाँडेको र अहिले यो खिचातानी भइरहेकाले जनतामा गलत सन्देश जान सक्ने कुरा आफ्नो ट्विटमा उल्लेख गरेका छन् । 

प्रधानमन्त्री ओलीसँग निकट मानिएका ज्ञवालीले सामाजिक सन्जाल ट्विटरमा लेखेका छन्– कमरेडहरू,गतस्निर्वाचनमा हामीमाथि जनविश्वासको आधार थियो(स्थिरता र समृद्धिको अपिल।तर कहिले आलोपालो प्रमं त कहिले शासन प्रणाली परिवर्तन,अनि राष्ट्रियसभा सदस्य पनि प्रमं हुने व्यवस्था गर्न संविधान संशोधनको बेमौसमी बहस। के नेकपा राजनीतिक स्थिरता दिन अक्षम छ भन्ने सन्देश दिन खोजिएको हो ?





  • प्रकाशित मिति : फागुन १३, २०७६ मंगलबार २३:३९:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया