डोनाल्ड ट्रम्पसँग थियो आफ्नै ताजमहल, आर्थिक संकटका कारण बेचेका थिए

एजेन्सी— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्नी मेलानिया ट्रम्पसँग भारतमा रहेको ताजमहलमा केही समय बिताएका छन् । 

तर, धेरैलाई थाहा नभएको हुनसक्छ, ट्रम्पसँग आफ्नै ताजमहल थियो । 

उनले ३० वर्ष पहिले १९९० मा न्युजर्सीमा ताजमहल नामको एउटा होटल बनाएका थिए । र, यही होटलमा उनले विश्वको सबैभन्दा ठूलो क्यासिनो पनि सुरु गरेका थिए । तर, आर्थिक संकटका कारण उनले ताजमहल बेच्नु परेको थियो ।

त्यति बेला उनले यो होटल बनाउनका लागि ७१.९८ हजार करोड खर्च गरेका थिए । तर, यो होटल घाटामा जान थाले पनि सन् २०१६ मा बेचिएको थियो ।

ट्रम्पले आफ्नो ताजमहल होटललाई विश्वको आठौं आश्चर्यका रुपमा परिभाषित गर्दै आएका थिए ।





  • प्रकाशित मिति : फागुन १४, २०७६ बुधबार ०:४:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया