बाजुरामा खाेप अभियान

बाजुरा जिल्लाका नौ स्थानीय तहमा दादुरा-रुबेलाविरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । 

दादुरा–रुबेला राष्ट्रिय खोप अभियानअन्तर्गत बाजुराका १८ हजार २ सय ६ बालबालिकालाई खोप लगाउने कार्यक्रम रहेको जिल्ला स्वास्थ्य कार्यलय बाजुराका प्रमुख तथा वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले बताए । 

आगामी चैत १ बाट देशभरीनै याे अभियान सञ्चालन हुँदै छ । जन्मेको ९ महिनादेखि ५ वर्षसम्मका सम्पूर्ण बालबालिकालाई दादुरा-रुबेलाविरुद्धको खोप दिइँदै छ ।

बाजुरामा याे अभियान सफल पार्नका लागि स्थानीय सरकार, राष्ट्रिय तथा अन्तराष्ट्रिय गैर सरकारी संस्थाले सहयोग गरिरहेकाे प्रमुख पन्तले बताए । बाजुरामा ८० प्रतिशत बालबालिकाले दादुरा-रुबेलाविरुद्धको खोप लगाएका छन् । जिल्ला जनस्वास्थ्यले यो अभियानअन्तर्गत ९५ प्रतिशत बालबालिकामा खोपको पहुँच पुर्‍याउने लक्ष्य लिएको छ । 





  • प्रकाशित मिति : फागुन १४, २०७६ बुधबार १०:१९:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया